मुक्तिनाथ विकास बैंकद्वारा जनचेतनामूलक सामाग्री हस्तान्तरण
इन्भेष्टोपेपर । आश्विन २५, २०७८
काठमाणडाैं । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत दुई छुट्टा छुट्टै कार्यक्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्ग र महानगरीय प्रहरी वृत्त मालीगाँउ सँग साझेदारीमा जनचेतनामुलक पर्ची, प्रहरी चेकिङ्गकालागि बोर्ड, महत्वपूर्ण सम्पर्क नंम्बर समेटिएका स्टिकर्स, मास्क लगाउन आग्रहका लागि स्ट्यिाण्डी आदि जस्ता सामाग्रीहरु हस्तानतरण गरेको छ ।
यस सहयोगहरुबाट मुक्तिनाथविकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथगर्दै, यस सहयोगबाट सबैक्षेत्रका नागरिकको हितमा काम हुने र चाडपर्वको बेला अपराध नियन्त्रण तथा रोकथाममा केही सहयोग पुग्ने विश्वास लिएको छ ।
