साफ च्याम्पियनसिपमा नेपालकाे उपाधि उचाल्ने सपना अधुरै

इन्भेष्टोपेपर । आश्विन ३१, २०७८

काठमाडौ । साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपाल भारतसँग पराजित भएसंगै उपाधि उचाल्ने सपना अधुरै रहेको छ । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिपको फाइनल जितेर भारत लगातार ८औ पटक उपाधि विजेता बनेकाे छ ।

भारततीय टाेलीका कप्तान सुनिल क्षेत्रीले ४९ मिनेटमा एक गोल गरे भने ५० मिनेटमा सुरेश सिंह वांगजामीले अर्को गोल गरे । खेलको ९१ मिनेटमा सहल अब्दुल समदीले भारतको तर्फबाट अर्काे गोल थपेर नेपाल ३ गोलका बिरुद्ध शुन्य गोलले पराजित भयो ।

प्रतियोगिताको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनल पुगेको भएपनि उपाधि नै जित्ने कोसिसमा रहेकाे थियो । भारत भने दक्षिण एसियामा आफ्नो दबदबा कायम राख्न चाहान्थ्यो र उसले चाहाना पनि पुरा भयाे ।

घोषित नेपाली टिममा कप्तान तथा गोलरक्षक किरण लिम्बूसँगै अनन्त तामाङ, सुमन अर्याल, गौतम श्रेष्ठ, सुमन लामा, तेज तामाङ, पुजन उपरकोटी, नवयुग श्रेष्ठ, दिनेश राजवंशी, सुजल श्रेष्ठ, रोहित चन्द रहेका थिए ।

निश्चित रूपमा नेपाली फुटबलको दाँजोमा भारतीय फुटबल हरेक दृष्टिकोणबाट बलियाे छ । तर नेपालले भारतलाइ बलियाे टक्कर दिँदै अाएकाे छ । गत महिना नेपालमा खेलिएका दुई मैत्रीपूर्ण खेलमा पहिलो १–१ गोलको बराबरीमा टुङ्गियो भने दोस्रो २–१ को संघर्षपूर्ण खेलमा नेपाल पराजित भयो। साफ च्याम्पियनसिपको लिग चरणमा भएको भेटमा पनि भारतले अन्तिम समयमा १ गोल गरेर नेपाललाई हराएको हो।

नेपाल त इतिहासमै पहिलोपटक फाइनलमा पुगेको हो। नत्र टोली सेमिफाइनलसम्म पुगेर रोकिँदै आएको थियो। यस मानेमा नेपाली टोलीको वर्तमान अवस्थामा भने निकै सुधार देखिएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *