वर्षाले पाकेको धान बाली नष्ट

इन्भेष्टोपेपर । कार्तिक १, २०७८

गलेश्वर । वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् ।  धानलाई वर्षाले झार्नुका साथै बोट समेत ढलेका छ । भित्र्याउने समयमा पानीले क्षति पुर्याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताउनुभयो ।

“धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ”, उहाँले भन्नुभयो, “एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खाने हो रु”, जिल्लाको ज्यामरुककोट, खवरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायतका ठाउँमा लगाएको क्षति पुगेको किसानले बताएका छन् ।  पानी परेसँगै जाडो बढेको छ । उपल्लो क्षेत्रमा हिमपात हुने लक्षण देखिएको रुमका एकवीर घर्तीले जानकारी दिनुभयो ।

रातिदेखि भएको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडक हिलाम्यै भएका र दसँैका लागि घरआएका व्यक्ति कार्यक्षेत्रमा फर्किन समस्या भएको ज्यामरुककोटका सुधन सापकोटाले बताउनुभयो । “सडकमा भल बगेको छ, बेनी झर्नै समस्या भयो”, बेनी –१ को अर्जमबाट देवी थापाले भन्नुभयो, “गाडी चल्न सक्ने अवस्था नै छैन ।” (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *