दक्षिण अफ्रिकाका राजदूतद्वारा ओहोदाको प्रमाण–पत्र पेश

इन्भेष्टोपेपर । कार्तिक ७, २०७८

काठमाण्डौं । नेपालका लागि दक्षिण अफ्रिकाका गैह्र आवाशीय राजदूत जे एस डेबेलेले यहीं २०७८ कार्तिक ५ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाण–पत्र पेश गर्नु भयो ।

उक्त समारोहमा नेपाल स्थित दक्षिण अफ्रिकाका अवैतनिक राजदूत प्रदीप कुमार श्रेष्ठ र नयाँ दिल्ली स्थित दक्षिण अफ्रिकाको हाई कमिसनका तृतीय सचिव थ्रुष्टन माथेइको उपस्थिति थियो । नेपालको तिन दिने भ्रमणको अवसरमा महामहिम राजदूतले मन्त्री, सचिव, उद्योगी–व्यवसायी तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरुसंंग द्विपक्षीय चासोका विषयमा भेट वार्ता गर्नु भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *