बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
इन्भेष्टोपेपर । कार्तिक १०, २०७८
काठमाण्डाैँ । नबिल बैंकले सुर्खेतकाे बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ । उक्त कार्यक्रममा नबिल बैंकले बराहताल गाउँ पालिकासग दिगाेँ बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचकोलागि समझदारी गरेकाे छ ।
बराहताल गाउँ पालिकामा नबिल बैंककाे तर्फबाट नबिल दिगाे बैंकिङका प्रबन्धक लिला प्रसाद अँेझा र गाउ“पालिकाकाे तर्फबाट अध्यक्ष तेज बहादुर बस्नेतले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएकाे छ । उक्त साझेदारी मार्फत गाउ“पालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँ पालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ताे कार्यक्रम/तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।
कार्यक्रममा बाेल्दै नबिल बैंकका कर्णाली प्रदेश प्रमुख गाेपी पाण्डेले यस सम्झौताले बराहताल गाउँ पालिकामा राेजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताउनु भयाे । त्यस्तै बराहताल गाउँ पालिकाका अध्यक्ष तेज बहादुर बस्नेतले नबिल बैंककाे दिगाे बैंकिङले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियाे बनाउने र देशकाे श्रम भारत लगायत खाडी मुलुक पलायन हुनबाट रोक्ने आशा ब्यक्त गर्नुभयाे ।
साथै उहाँले वास्तविक किसान तथा उद्यमी पहिचान गरि बैंकसम्म पुर्याइ गाउँ पालिकाको विकासमा सहयाेग गर्न सबैलाई आग्रह गर्नुभयाे । उक्त कार्यक्रममा स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँ पालिकाबासीहरुकाे समेत उल्लेख्य संख्यामा उपस्थिति रहेको थियोे ।
