राजिव अरोरा संचालक समितिको अध्यक्षमा चयन, गर्भनरद्वारा सपथ
इन्भेष्टोपेपर । कार्तिक १०, २०७८
काठमाडौं । नेपाल एसबिआई बैंक संचालक समितिको ४७६औँ बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आउनुभएका संचालक राजिव अरोरालाई बैंक संचालक समितीको अध्यक्षमा सर्वसम्मत्तीबाट चयन गरेको छ ।
अध्यक्ष राजिव अरोरा, एस.बि.आई. को मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धक को पदमा कार्यरत रही एस.बि.आई. समूहको रणनीति, व्यवसाय प्रवर्धन, संचालन प्रभावकारीता तथा समूहको अन्य मामिला हेर्नुहुन्छ ।
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकका नवनियुक्त संचालक समितीका अध्यक्ष राजिव अरोरालाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित एक समारोहबिच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भयो ।
सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा. नीलम ढुङ्गाना तिम्सिना, डेपुटी गर्भनर बम बहादुर मिश्र, कार्यकारी निर्देशक देव कुमार ढकाल, कार्यकारी निर्देशक डा. गुणाकार भट्ट, निर्देशक मुक्ति नाथ सापकोटा तथा नेपाल एसबिआई बैंकका निर्वतमान अध्यक्ष तथा एस.बि.आई. भारतका मुख्य महाप्रबन्धक बि.आर.एस. सत्यनारायण, बैंकका संचालकहरु लगायतको उपस्थिती रहेको थियो ।
