जेएमई पे प्रालि राष्ट्र बैंकद्धारा खारेज
इन्भेष्टोपेपर । कार्तिक १७, २०७८
काठमाडौं । जेएमई रेमिट्यान्सको सहायक कम्पनी जेएमई पे प्रालि भुक्तानी सेवा कम्पनी नेपाल राष्ट्र बैंकले खारेज गरिदिएको छ ।
२०७७ असोज २२ गते भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमति पाएको उक्त कम्पनीलाई मंगलबार खारेज गरेको सूचना प्रकाशित गरेको हो ।
भेुक्तानी तथा फछ्र्यौट विनियमावली २०७७ को विनियम ३५ को उपविनियम १ को क अनुसार अनलाइन भुक्तानी सेवा सञ्चालकको अनुमति खारेज गरेको राष्ट्र बैंक जनाएको छ ।
राष्ट्र बैैंकका भुक्तानी सेवा विभागकाका अनुसार सो वालेटले भुक्तानी तथा फछ्र्यौट विनियमावलीको व्यवस्था पालना नगरेकाले अनुमति खारेज गरिएको जनाएको छ ।

