राष्ट्रिय वाणिज्य बैंक संचालक समिति अध्यक्षमा डा. बलराम पाठक

इन्भेष्टोपेपर । कार्तिक १७, २०७८

काठमाण्डाैँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका नवनियुक्त अध्यक्ष डा.बलराम पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम मंगलबार पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

यसअघि बैंक संचालक समितिको सोमबार बसेको बैठकले डा.बलराम पाठकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । डा. पाठकले अर्थशास्त्र विषयमा विद्यावारिधी गर्नुभएको छ । साथै, उहाँलाई राष्ट्रिय बिमा कम्पनी लिमिटेडको संचालकको रुपमा कार्य गरेको अनुभव रहेको छ ।

डा. पाठक हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गतकाे क्याम्पसमा अर्थशास्त्र विषयको प्राध्यापन पेशामा आवद्ध हुनुहुन्छ । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय निलम तिम्सिना ढुङ्गाना तथा बमबहादुर मिश्र, लयायत उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, कम्पनी सचिव भोलानाथ पौडेलको उपस्थिति रहेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *