अचम्म ! कृषि मेलामा १ करोड भारुमा साँढे बिक्री

इन्भेष्टोपेपर । मंसिर ४, २०७८

बैङ्लुरु ।  एक साँढे भारतको बैङ्लुरुमा आयोजित चार दिने कृषि मेला-२०२१ को मुख्य आकर्षण बनेको छ । करिब १ करोड मूल्यको सो साँढे कृषि मेलाको मुख्य आकर्षण बनेको हो। 

करिब ३ वर्ष ५ महिनाको कृष्णा नामक सो साँढे हेर्नेहरुको घुँइचो लागेको बताइएको छ। सो साँढे करिब १ करोड भारतीय रुपैयाँमा बिक्री भएको र साँढेको वीर्यको माग अत्याधिक रहेको साँढे मालिकले भारतीय सञ्चारमाध्यमसँग बताएका छन्। 

हल्लिकर जातको सो साँढे निकै दुर्लभ भएको बताइएको छ। एएनआई न्युजका अनुसार सो साँढेले मासिक २४ लाख भारु मुल्य बराबरको वीर्य दिने गरेको छ । एक डोज वीर्य १ हजार भारुमा बिक्री भइरहेको साँढे मालिकले एएनआइसँग बताएका छन्। (अन्नपूर्ण पाेष्टबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *