कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा समुद्घाटन

इन्भेष्टोपेपर । मंसिर १५, २०७८

काठमाण्डाैँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भक्तपुर जिल्लाको कमलविनायक स्थित शाखा कार्यालय कमलविनायक विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गर्नुभएको हो ।

उक्त अवसरमा नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिका लगायत सरकारी कार्यालयहरुको सरकारी कारोबार राष्ट्रिय वाणिज्य बैंक मार्फत गर्ने सोच रहेको बताउनुभयो । उहाँले भक्तपुर जिल्ला धार्मिक, पर्यटकीय र कृषि क्षेत्रमा आधारित भएकाले सोही अनुसारको व्यवसाय विस्तार गर्नुपर्ने बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम नागरिकलाई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्दै जाने बताउनुभयो । उहाँले बैंकले भक्तपुरमा उद्योग वाणिज्य संघ लगायत संघसंस्था तथा व्यवसायीहरुसंग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।

बैंककी बाग्मती प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा भक्तपुर वडा नम्बर ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्या, उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, विभागीय प्रमुख सरोज वस्नेत लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, उद्योगी व्यवसायीहरु, कर्मचारीहरु, स्थानीय संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *