उपल्लो डोल्पाको विद्यार्थीहरुको लागि ज्योति विकास बैंकको सहयोग
इन्भेष्टोपेपर । मंसिर १७, २०७८
काठमाण्डाैँ । ज्योति विकास बैंकले उपल्लो डोल्पाको न्यासिल गाउँ स्थित यान्जेर गुम्बा विद्यालयको विद्यार्थीहरुको लागि हिमालयन डेभलपमेन्ट इनिसियटिभ (एच डी आई) को “प्रोजेक्ट ज्योति” मार्फत् रु. दुई लाखको आर्थिक सहयोग प्रदान गरेको छ।
ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट ले हिमालयन डेभलपमेन्ट इनिसियटिभका अध्यक्ष पेमा छिरिङ गुरुङलाई सो रकम प्रदान गर्नुभएको थियो।
एच डी आई ले सो रकम बाट यान्जेर गुम्बा विद्यालयका ५० जना विद्यार्थीलाई सोलार तथा विधुतिय माध्यम द्वारा चार्ज हुने बत्तीहरू प्रदान गरेको छ। सो बत्तीहरूले विधुतिय सेवाबाट वन्चित न्यासिल गाउँका यान्जेर गुम्बा विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई घरमा पनि अध्ययन गर्न थप सहजता प्रदान गर्नेछ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM वटा मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।
