राष्ट्रिय वाणिज्य बैंक र ई-सेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

इन्भेष्टोपेपर । मंसिर २३, २०७८

काठमाण्डाैं । राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफर बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ईसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी निर्देशक अजेस कोइरालाले हस्ताक्षर गर्नुभएको छ ।

यस सम्झौताअन्तर्गत अब विदेशबाट ईसेवामनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण शाखाहरु बाट भुक्तानी हुनेछ । अब विदेशमा रहनुभएका नेपालीहरुले सिधै राष्ट्रिय वाणिज्य बैंकको खातामा पैसा पठाउन सक्नु हुनेछ र ई-सेवा मनी ट्रान्सफरको सेवा उपभोग गर्न यस बैंकका खाता ग्राहीहरुले राष्ट्रिय वाणिज्य बैंकको मोबाइल एप आर.बि. बि स्मार्ट डाउनलोड गर्नु पर्ने हुन्छ ।

यसपछी मुलुकभरी तथा संसारका २०० बढी मुलुकमाव्यापक रुपमा कारोवार विस्तार गरिरहेको रेमिट कम्पनी, ईसेवामनी ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंक मध्येको एक राष्ट्रिय वाणिज्य बैंकका खाताग्राहीहरुले विदेशबाट पठाएको रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामाप्राप्त गर्न सक्नेछन् र आर.बि बि स्मार्ट अर्थात बैंकको मोबाइल बैंकिंग एप प्रयोग गरेर ईसेवामनी ट्रान्सफर मार्फत नेपालभरी रहेका ईसेवाका नेटवर्क माझ जहाँपनि रेमिट्यान्स पठाउन वा पाउन सकिनेछ ।

यसैगरी राष्ट्रिय वाणिज्य बैंकबाट ईसेवामनी ट्रान्सफरमार्फत पठाएको आन्तरिक रेमिट्यान्स नेपालभरी रहेका १०,००० + ई-सेवा मनी ट्रान्सफरका क्यास पिक–अप काउन्टरहरुबाट पनि भुक्तानी गर्न सकिनेछ ।

उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु पवन रेग्मी, विनयरमण पौडेल, आनन्द सुवेदी, ईसेवामनी ट्रान्सफरका महाप्रबन्धक सागर खनाल, कम्प्लायन्स प्रमुख ईन्द्र वस्नेत लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *