गुल्मीका सात जना कर्मचारी रसुवामा सम्पर्कविहीन

इन्भेष्टाेपेपर । भाद्र ११, २०८३

रेसुङ्गा (गुल्मी) ।  रसुवाको बाढीमा गुल्मीका सात जना सम्पर्क बिहिन भएका छन् । गुल्मी सत्यवती गाउँपालिका ६ जुहाङ घर भइ बर्दघाट नवलपरासी बस्ने यादव भण्डारीसहित सात जना सम्पर्कमा छैनन् । भण्डारी अध्यागमन कार्यालय रसुवागढीका अधिकृत हुनुहुन्थ्यो ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेका अनुसार रसुवा भन्सारमा कार्यरत कर्मचारी मालिका गाउँपालिका ७  घमिरका दिनेश घिमिरे, हाइड्रोपावरमा कार्यरत छत्रकोट गाउँपालिका ४ दिगामका गणेश ज्ञवाली र हाइड्रोपावरका सुरक्षागार्ड सत्यवती गाउँपालिका ८ का झन बहादुर गलामी पनि हालसम्म सम्पर्कमा आउनुभएको छैन ।

उहाँले एकिन विवरण प्राप्त नभएसम्म सन्जालमा आएका सूचनामा बिश्वास नगरेर सरकारको आधिकारिकता पर्खन अनुरोध गर्नुभयो ।

त्यस्तै रसुवाको हाइड्रोपावरमा कार्यरत रुरुक्षेत्र गाउँपालिका ६ रिमुवाका इन्जिनियर यम बहादुर दर्लामी, रसुवा भन्सारमा कर्मचारी रुरुक्षेत्र गाउँपालिका ५ का अनिता पुरी र रुरु क्षेत्र ३ का इन्जिनियर कपिलदेव गौतम सम्पर्कमा नरहेको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *