प्रधानसेनापति प्रथम राष्ट्रिय लनटेनिस : आजदेखि सेमिफाइन

इन्भेष्टोपेपर । पुष ४, २०७८

काठमाण्डाैँ । प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता अन्तर्गत आज आइतबारदेखि सेमी फाइनलका खेल हुने भएको छ । नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा नेपाली सेनाद्वारा आयोजित उक्त प्रतियोगितामा हालसम्म १५० प्रतिस्पर्धा भइसकेका छन् । प्रतियोगितामा १५ क्लबका १८५ खेलाडीको सहभागिता छ ।

विभिन्न १२ ‘इभेन्ट’मा २०१ प्रतिस्पर्धा हुने प्रतियोगिता यही पुस ६ सम्म सञ्चालन हुनेछ । सैनिक मुख्यालय जङ्गी अड्डाका दुई र दशरथ रङ्गशालास्थित दुई कोर्टमा प्रारम्भिक चरणको प्रतियोगिता भइरहेको छ ।प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय परिसरमा गत मङ्सिर २७ गते मुख्य निर्णायकलाई बल हस्तान्तरण गरी प्रतियोगिता शुभारम्भ गर्नुभएको थियो ।

प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ), फ्ल्यास स्पोर्टस् क्लब लाजिम्पाट, कास्की जिल्ला टेनिस सङ्घ, काठमाडाँै जिल्ला लन टेनिस सङ्घ, ग्रीनल्याण्ड टेनिस क्लब, टिम टेनिस नेपाल, त्रिभुवन आर्मी क्लब, नेपल पुलिस क्लब, नर्लिङ स्पोर्टस भिल्ला, भादगाउँ स्पोर्टस्, मण्डिखाटार टेनिस क्लब, याक एण्ड यति क्लब, रुपन्देही लन टेनिस सङ्घ, सातदोबाटो टेनिस क्लब र सेन्ट जेभियर्स क्लबको सहभागिता छ ।

मुलुकमा लन टेनिस खेलको विकास र विस्तार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने ध्येयले उक्त प्रतियोगिता आयोजना गरिएको नेपाली सेनाका खेलकुद महानिर्देशक निरञ्जनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *