दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्कलाई माफी

इन्भेष्टोपेपर । पुष १०, २०७८

सिओल । दक्षिण कोरियाली सरकारले पूर्व राष्ट्रपति पार्क जेउन हेलाई माफी दिएको छ। भ्रष्टाचारको आरोपमा २२ वर्षे जेल सजाय भोगिरहेकी पूर्व राष्ट्रपति हेलाई सरकारले माफी दिएको हो।

त्यहाँको राष्ट्रपतिय कार्यालय ब्लु हाउसका प्रवक्ता पार्क क्युङ मीले शुक्रबार सो जानकारी दिएका हुन्। राष्ट्रपति मुन जाईले पूर्व राष्ट्रपति हेको बिग्रदो स्वास्थ्य अवस्थालाई ध्यानमा राखी माफी दिएको प्रवक्ता मीले बताएका छन्।

सन् २०१७ मा लोकतान्त्रिक नेताको रुपमा दक्षिण कोरियाको राष्ट्रपति बनेकी पार्कलाई विभिन्न अभियोगमा पदबाट जबरजस्ती हटाइएको थियो। सत्ता र शक्तिको दुरुपयोग गर्दै भ्रष्टाचार र अन्य गतिविधि गरेको भन्दै सन् २०१८ मा उनी दोषी ठहरिएकी थिइन्।

सो आरोपमा त्यहाँको उच्च अदालतले करिब २४ वर्षको जेल सजाय सुनाए पनि पछि उनको सजाय २० वर्ष हुने गरी फैसला गरिएको थियो। सन् २०१९ मा जेल पुगेकी ६९ वर्षीया पुर्व राष्ट्रपति हेले ४ वर्ष ८ महिनाको जेल जिवनपछि सरकारले माफी दिएको बताइएको छ।

माफीपछि उनी आफ्नो स्वास्थ्य सुधारतर्फ र सरकारलाई सघाउनेतर्फ केन्द्रीत हुने अन्तर्राष्ट्रिय मिडियामा खबर छ। (एजेन्सीकाे सहयाेगमा)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *