लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको कृषि बीमा तालीम सम्पन्न
इन्भेष्टोपेपर । पुष ३०, २०७८
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. ले संखुवासभाको खांदवारीमा यहि पौष २० गतेदेखि ३ दिनसम्म “कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालीम” सम्पन्न गरेको छ ।
२६ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको उक्त तालीममा बीमा समितिका उपनिर्देशक निर्मल अधिकारी र कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेनाले सहभागीहरुलाई तालिम प्रदान गर्नुभएको थियो ।
तालिममा जिल्ला समन्वय समितिका संयोजक सुमन शाक्य, जिल्ला पशु सेवा कार्यालयका प्रमुख हिमालय पोखरेल लगायत कम्पनीका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
