नबिल बैंक र बङ्गलादेश बैंकबीच एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न

इन्भेष्टोपेपर । पुष ३०, २०७८

काठमाण्डाैँ । नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको दुवै बैंकले जनाएका छन् । दुवै बैंकले संयुक्त मर्जर/एक्विजिसन सम्बन्धी समिति गठन गरी उक्त समितिले सिफारिश गरे बमोजिम मिति २०७८ पौष २९ गते सम्पन्न दुवै बैंकको सञ्चालक समितिको बैठकबाट उक्त एक्विजिसन (प्राप्ति) सम्बन्धी सम्झौता सर्वसम्मतिले पारित गरेका थिए ।

एक्विजिसन सम्बन्धी प्रकृया अगाडि बढाउनका लागि नबिल बैंकको तर्फबाट सञ्चालक उदय कृष्ण उपाध्यायको संयोजकत्वमा सञ्चालक आशा राणा अधिकारी तथा सञ्चालक अनन्त पौड्याल सदस्य रहनुभएको थियो भने र नेपाल बङ्गलादेश बैंकको तर्फबाट सञ्चालक मोहम्मद शाल आलम सरवर, सञ्चालक इन्द्र बहादुर थापा र सञ्चालक अमन शाह तथा सदस्य सचिवमा नबिल बैकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली रहनेगरी संयुक्त मर्जर/एक्विजिसन कमिटि बनेको थियो ।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ती गर्नको लागि भएको समझदारी पत्र अनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर नबिलको ४३ कित्ता हुने गरी शेयर आदानप्रदान अनुपात कायम भएको जनाएका छन् । उक्त प्रारम्भिक शेयर आदान प्रदान अनुपात सम्पत्ति दायित्व मूल्याङ्कन प्रतिवेदनको मूल्याङ्कन लाइ समेत आधार मानी अन्तिम रुपमा तय हुनेछ।

सम्झौतापत्रमा नबील बैंकको तर्फबाट उदय कृष्ण उपाध्यायले हस्ताक्षर गर्नुभएको थियो भने नेपाल बङ्गलादेश बैंकका तर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गर्नुभएको थियो ।

दुबै बैकले नेपाल राष्ट्र बैंक ले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने गरी लिएको निती र बैकहरुको दिर्घकालीन रणनैतिक योजना समेत लाई मध्यनजर गर्दै सम्झौता गरेर अघि बढेका छन। ब्राण्ड का हिसाबले अग्रणी स्थानमा रहेको नबिल बैंकले गैरकोषमा आधारित व्यवसायमा अग्रणी नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति पश्चात बैंक बाणिज्य बैंक हरुमा सबै सुचकांक हरुमा अग्रणी हुने विश्वास छ।

बैकहरुले प्राप्ति कार्य पाँच महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन। नबिल बैंकले नेपाल बङ्गलादेश बैकलाई प्राप्ति पश्चात बैकको प्राथमिक पुजी रु. ४३ अरब चुक्ता पुजी रु. २२.५ अरब, कर्जा रकम रु. ३०० अरब, निक्षेप रकम रु. ३१४ हुनेछ। गैरकोषमा आधारित व्यवसायको आकार रु १३० अरब माथी हुनेछ। शाखा संजाल तत्कालै २३५ पुग्नेछन। ग्राहक संख्या १६ लाख माथी हुनेछ ।

नबिल बैंकले दिगो बैकिङ्गलाई समेत केन्द्र विन्दुमा राखेर आफ्नो व्यावसायलाई अघी बढाएको छ भने डिजीटल बैकिङ लाई समेत ग्राहकको आवश्यकता अनुरूप अघी बढाउदै लिएको छ।

बिहीबार काठमाण्डौँमा सम्पन्न सो सम्झौता पत्र हस्ताक्षर कार्यक्रकमा नबिल बैकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत सहित दुवै बैंकका सञ्चालक तथा उच्च पदस्थ पदाधिकारीको उपस्थिति रहेको दुवै बैंकले जनाएका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *