विजय शङ्खर र सुदिता राईकाे स्वरमा गीत ‘ओके छ त’ सार्वजनिक

इन्भेष्टोपेपर । पुष ३०, २०७८

काठमाडौँ । गायक विजय शङ्खरको  ‘ओके छ त’ शीर्षकको साङ्गीतिक सौगात सार्वजनिक भएको छ । यस गीतमा उहाँलाई गायिका सुदिता राईले स्वरमा साथ दिनुभएको छ । युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको गीत गायक शङ्खर र मुनाल शिशिर कोइरालाले संयुक्तरुपमा लेख्नुभएको हो ।

दीपकराज विश्वकर्माको सङ्गीत रहेको गीतमा  कुशल सिंहले सङ्गीत संयोजन गर्नुभएको छ । ललितपुरको गोदावरीमा छायाङ्कन गरिएको उक्त गीतमा  स्रव्यदृश्य उत्तम हुमागाईंले,  सम्पादन शिलन लम्सालले,  कोरियोग्राफी सुरेन्द्र बसेलले र अभिनय सुधिर श्रेष्ठ तथा सुनिशा बजगाईले गर्नुभएको छ । 

गायक कोइरालाको निर्देशनमा तयार पारिएको भिडियोलाई ‘ड्याडी एण्ड डटर्स’ नामक च्यानलमार्फत सार्वजनिक गरिएको हो । गायक शङ्खरले केही समय अघि ‘माया बैगुनी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको थियो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *