नबिल बैंकको ३७औं वार्षिक साधारण सभा सम्पन्न, उपेन्द्र पाैडल पुनः अध्यक्षमा चयन
इन्भेष्टोपेपर । माघ २, २०७८
काठमाण्डाैँ । नबिल बैंक लिमिटेडको पाैष ३० गतेका दिन सञ्चालक समितिकाअध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा बैंकको ३७औं वार्षिक साधारण सभा सम्पन्नभयो । सभाले अन्य विषयकाअतिरिक्त आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश (३३.६०५ वोनस शेयर र ४.४०५ नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
आ.व. २०७७/७८मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ४ अर्ब ५३करोड हासिल गर्न बैंक सफलभएको छ । बैंकले जेथामा प्रतिफल १५.१९ प्रतिशत र प्रति शेयर आम्दानी रु. ३३.५७ हासिल गरी आफ्नाे वासलात विस्तार गर्दै रु. २ खर्ब९१ अर्ब पुर्याएको छ । समीक्षाबर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको पूँजी रु. १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ पुगेको छ ।
यसै गरी सभाले आ.व. २०७८/७९ को लागि वाह्य लेखा परीक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।उक्तसभाले संस्थापक शेयरधनीबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद २ (दुई) का लागि उदय कृष्ण उपाध्याय र एनबी (ईन्टरनेशनल) लि.लाई प्रतिनिधित्व गर्दै उपेन्द्र प्रसाद पौडेल लाई निर्बिरोध निर्वाचित गरेको थियो ।
साथै, आजै सम्पन्न बैंक संचालक समितिको ५८८ औं वैठकले संचालक समितिको अध्यक्षमा पुन उपेन्द्र प्रसाद पौडेललाई चयन गरेको छ । पौडेल २०७४ मंसिर १५ देखि बैंक संचालक समितिमा एनबी (इन्टरेनशनल)लाई प्रतिनिधित्व गर्दै आउनु भएकोमा थियाे ।
हाल नबिल बैंकले १३५ वटा शाखाहरु, १८७ वटा एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवाप्रदान गरिरहेकाे छ ।
