सेञ्चुरी कमर्सियल बैंकको एघारौं वार्षिक साधारण सभा सम्पन्न
इन्भेष्टोपेपर । माघ २, २०७८
काठमाण्डाैँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा पौष ३० गते शुक्रबार सम्पन्न भएको छ । उक्तसभा बैंककाअध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा भौतिक उपस्थिति एवं अनलाइन(जुम) मार्फत समेत एकैसाथ संचालन भएको हो ।
साधारण सभाले बैंकको चुक्तापूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव परित गरेको छ । जसमध्ये ५.७५ प्रतिशत बाेनस शेयर तथा कर प्रयोजनको लागि ०.३० प्रतिशत नगद लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितआर्थिक वर्ष २०७७/७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाड लगायतका प्रतिवेदन पारित गरेको छ । साथै साधारण सभाबाट बैंकको संस्थापक समूहमाहाल रहेको ५३.४१५ शेयर संरचनालाई ५१.५ हुने गरी शेयरधनीहको शेयर संरचना परिवर्तन गर्ने संचालक समितिको निर्णय अनुमोदन गरेको छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आफ्ना १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २५ शाखा रहित बैंकिङ्ग र १०८ एटिएम मार्फत वित्तीय सेवा प्रदानगर्दै आइरहेको छ ।
