राष्ट्रिय वाणिज्य बैंकमा स्मार्ट क्यूआर टेलर, २ लाखसम्म रकम भुक्तानी लिन चेक नचाहिने

इन्भेष्टोपेपर । माघ १३, २०७८

काठमाण्डाैँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७औँ वार्षिकोत्सवको अवसरमा स्मार्ट क्यूआर टेलर सेवा लागू गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ रुपमा डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्धेश्यले गत माघ १० गतेबाट सेवाको शुुभारम्भ गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सो सेवाको सुभारम्भ गर्नुभएको हो ।

बैंकले मोवाइल बैंकिङ्ग सुबिधा लिइएका ग्राहकहरुले आफ्नो मोवाइलबाट बैंक काउण्टरमा उपलब्ध क्यूआर स्क्यान गरी दुई लाख रुपैंयासम्मको नगद भुक्तानी लिन सक्ने गरी सबै शाखा कार्यालयहरुको काउण्टरमा स्मार्ट क्यूआर टेलर सेवा लागू गरेको छ । अब सिमित कारोबरको लागि बैंकमा चेक बोकेर गइरहनु पर्दैन ।

बैंकले इन्टरनेट नभएको स्थानमा पनि मोवाइल बैंकिङ्गको कार्य गर्न सक्ने गरी अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा सेवाको गत माघ १० गतेबाटै शुभारम्भ गरेको छ ।

हाल देशभर बैंकको २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिंङ्ग सेवा संचालनमा रहेका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *