सिद्धार्थ बैंकको नयाँ एक्स्टेन्सन काउन्टर सिनामंगलमा
इन्भेष्टोपेपर । माघ १३, २०७८
काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेडले काठमाण्डौंकाे सिनामंगलमा नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले सिनामंगल क्षेत्रका सर्वसाधारण तथा उद्यमीे माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पु¥याउने उद्देश्यका साथ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । अहिले कोरोना भाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै सर्भिस आउटलेटहरुबाट बैंकिङ्ग सेवा तथा सुविधाहरु निरन्तर प्रदान गरी रहेको छ ।
सजिलो बैंकिङ्ग सेवा (शाखा रहित बैंकिङ्ग), एटिएम, पिओएस् मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने तथा डेबिट र क्रेडिट कार्ड आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएम कार्ड, ४५० भन्दा बढि व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको ग्लय क्रेडिट कार्ड जस्ता सेवा मार्फत् बैंकले उच्च स्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको जनाएको छ ।
