माघ १७ गते बसेकाे मन्त्रिपरिषद्का १३ वटा निर्णयहरू

इन्भेष्टोपेपर । माघ १८, २०७८ 

काठमाडौं । माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले साेनम ल्हाेसारकाे दिन बिदा दिनेलगायत विभिन्न १३ वटा निर्णय गरेको हो । सरकारले बुधबार (भोलि) सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको छ ।

मंगलबार सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत् विश्व बैंकबाट फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पोलिसी क्रेडिट बापत प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) सम्बन्धी सहुलियतपूर्ण ऋण सहायता लिने पनि निर्णय गरेको छ । सो सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने भएको हो ।

त्यस्तै कच्चा दुधकाे न्यूनतम मूल्य ५६ रूपैयाँ चार पैसा निर्धारण गरिएकाे छ भने तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइनको लागि जग्गा प्राप्ति सम्बन्धी प्रारम्भिक कारबाही चलाउने अधिकार तोक्ने निर्णय पनि भएकाे छ।

यसैगरि शिक्षक अस्पताल स्थापनाकाे लागि प्रकृया अगाडि बढाय्रउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाइ सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ । अन्य निर्णयहरू देहाय बमाेजिम रहेका छन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *