मोरङका दुई स्थानमा बर्डफ्लु सङ्क्रमण

इन्भेष्टोपेपर । माघ १८, २०७८ 

मोरङ ।  मोरङका दुई स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशुसेवा विभागका अनुसार मोरङको ग्रामथान–१ खुनियाकट्टा र बूढिगङ्गा –५ मा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको हो । उक्त स्थानका किसानले पालेका कुखुराको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा माघ १६ गते पुष्टि भएको विभागका निमित्त महानिर्देशक लेखराज दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त स्थानमा सङ्क्रमण फैलिन नदिन विभागले तत्काल नियन्त्रणमा लिन सङ्घ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका घरपालुवा पक्षी तथा रोेग सार्न सक्ने अन्य वस्तु आइतबार नै नष्ट गरिएको छ ।

मन्त्रालयले पक्षी तथा पक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्थास्थ्यपरीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न आग्रह गरेको छ ।

यस्तै, फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बलन गर्न, पक्षीपालक किसानले फार्म परिसरमा नियमित रुपमा निःसङ्क्रमण गर्न, तथा सफाइमा ध्यान दिन, घरपालुवा पक्षीलाई जङ्गली पक्षीको सम्पर्कमा आउन नदिन हाँस तथा कुखुरालगायतका पक्षीलाई थुनेर पाल्न तथा पशुपक्षी बिक्रीस्थलमा अस्वाभाविक रुपमा पक्षी बिरामी परेमा वा मरेमा तत्काल नजिकैको पशु सेवा विभागमा सूचना गर्न आग्रह गरेको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *