ग्लोबल आइएमई बैंकको ५०औँ एक्सटेन्सन काउन्टर गोरखाको चित्रे पोखरीमा

इन्भेष्टोपेपर । फागुन ३, २०७८

काठमाण्डाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखा जिल्लाको सिरानचोक गाँउपालिका वडा नं ५, चित्रे पोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै सिरानचोक शाखाको मातहतमा रहनेगरी यस एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
बैंकको ५०औँ एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल राष्ट्र बैंकका सञ्चालक समितिको सदस्य रामजी रेग्मीले गरेका छन् ।

“सबैकालागि बैंक”भन्ने नाराका साथ २८लाखभन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८६० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *