३० राजनीतिक दलका प्रतिनिधिले निर्वाचन आयोगमा ज्ञापन पत्र बुझाए

इन्भेष्टोपेपर । फागुन ६ २०७८

काठमाण्डाैँ । आज ३० राजनीतिक दलहरूको “स्थानीय निर्वाचन चुनाव चिह्न सङ्घर्ष समिति” को प्रतिनिधि मण्डलले राष्ट्रिय निर्वचन आयोगका प्रमुख आयुक्त माननीय दिनेश कुमार थपलियासँग आयोगमा भेट गरी ज्ञापन पत्र बुझाएको छ। 

स्थानीय निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेक अन्य राजनीतिक दलहरूले आफ्नो पार्टीको चुनाव चिह्न प्रयोग गर्न नपाउने कानुनी व्यवस्था विभेदकारी र अन्यायपूर्ण भएको र यसले एउटै संविधान र कानुनीप्रक्रिया पुरा गरि निर्वाचन आयोगमा दर्ता भएका दलहरूलाई अलग अलग वर्गीकरण गरि राजनीतिमा राष्ट्रिय मान्यता दलहरूको सिन्डिकेट खडा गरेको ठहर गर्दै सङ्घर्ष समितिले आयोगलाई ज्ञापन पत्र बुझाएको हो। 

ज्ञापन पत्र बुझ्दै आयोगका प्रमुख आयुक्त माननीय दिनेश कुमार थपलियाले आयोगको तर्फबाट ऐन संशोधनको लागि आवश्यक पहल गरिरहेको जानकारी सङ्घर्ष समितिको प्रतिनिधि मण्डललाई गराउनु भयो। 

सङ्घर्ष समितिले स्थानीय निर्वाचनमा चुनाव चिह्न प्रयोगको असमान व्यवस्था खारेज गर्न माग गर्दै फागुन ८ गते बालुवाटारमा प्रदर्शन गर्ने जनाएको छ। 

ज्ञापनपत्र बुझाउने दलहरूमा आमूल परिवर्तन मसिहा पार्टी, उन्नत लोकतन्त्र पार्टी, एकीकृत शक्ति नेपाल, गान्धीवादी पार्टी नेपाल, जनजागरण पार्टी नेपाल, जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टी (ज. पा.), जनसमाजवादी पार्टी नेपाल, नेकपा (समाजवादी), नेपाल आमा पार्टी, नेपाल जनता पार्टी, नेपाल दलित पार्टी, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, नेपाल सद्भावना पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी (लोहियावादी), नेपाल सुशासन पार्टी, नेपाली काँग्रेस (वी. पी.), नेपाली जनता दल, बहुजन एकता पार्टी नेपाल, बहुजन समाज पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील साझा पार्टी, समाजवादी पार्टी नेपाल, सर्वदलीय सङ्घीय परिषद् र सामाजिक लोकतान्त्रिक पार्टी रहेका छन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *