एन्फाको विशेष साधारण सभा स्थगित

इन्भेष्टोपेपर । फागुन ६ २०७८

काठमाडौँ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) को आइतबार बस्ने भनिएको विशेष साधारण सभा स्थगित भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले शुक्रबार सुचना जारी गर्दै विशेष साधरण सभा स्थगित भएको उल्लेख गर्नुभएको छ ।

एन्फाको साधारण सथा दोस्रो पटक स्थगित गरिएको हो । एन्फाले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले दिएको निर्वाचन निर्देशिकामा केही अन्योलता भएकाले उनीहरुसँगको जुम मिटिङपछि साधारण सभा स्थगित गरिएको पनि जनाएको छ ।

निर्वाचन निर्देशिकाको बारेमा फिफा र एएफसीको गाइडलाइन आएपछि विशेष साधरणसभाको नयाँ मिति निर्धारण गरिने पनि एन्फाले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *