ज्योति विकास बैंकद्वारा शिशुवा अस्पताललाई बेबीवार्मर प्रदान

इन्भेष्टोपेपर । फागुन ११, २०७८

काठमाण्डाैँ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत पोखरा महानगरपालिका वडा नं ३० स्थित शिशुवा अस्पताललाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबीवार्मर प्रदान गरेको छ। बैंकले अस्पताललाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबीवार्मर प्रदान गरेको हो।

अस्पतालमाआयोजित कार्यक्रममा बैंकका पोखरा क्षेत्रका प्रमुख विशाल लामिछाने र बैंकका तालचोक शाखा प्रबन्धक सागरमणि भण्डारीद्वारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. नारायण ओझालाई सो बेबीवार्मर औपचारिकरुपमा हस्तान्तरण गरिएको हो।

कार्यक्रममा अस्पतालका डाक्टर, नर्सलगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबीवार्मर संचालनसम्बन्धि विशेष तालिम पनि प्रदान गरिएको थियो।

ज्योति विकास बैंकले हाल १११ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *