नेशनल लाईफ इन्स्योरेन्सले विभिन्न कार्यक्रमकासाथ वार्षिक उत्सव मनायाे

इन्भेष्टोपेपर । फागुन ११, २०७८

काठमाण्डाैँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३४औं वर्ष पुरा गरी ३५औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ जस्मा ५० जना भन्दाबढी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

देशभरमा ३४ वटा बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजनासमेत सम्पन्न गरिएको छ ।यसै गरी कर्मचारीहरु माझ विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरिएको छ । कोभिड १९ का कारण औपचारिक रुपमा जमघट हुनेगरी कुनै पनि कार्यक्रम भने गरिएन ।

नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो ब्यवसायिक प्रगति गरेको छ । यहि आर्थिक वर्षको मुनाफावाट कम्पनीले शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव आगामी साधारण सभामा लगिएको छ ।

कम्पनीको जीवन बीमा कोषमा रु.५० अरबको हाराहरीमा रकम जम्मा भएको छ । कम्पनीकाे चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने प्रस्तावित बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७मा आफ्ना बीमितलाई उत्कृष्ट बोनस दर दिन सफल भएको छ ।

कम्पनीले यस आर्थिक वर्षका लागि बीमितलाई न्यूनतम प्रतिहजार ६४ रुपैयाँ देखि अधिकतम् प्रति हजार ८५ रुपैयाँ सम्म प्रदान गर्ने भएकाे छ भने चालु वर्षमा शाखा कार्यालयमाआफ्नो भवन निर्माण गर्ने प्रक्रृया समेत अघि बढाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *