रूसले सैन्य कारबाहीकाे घोषणापछि किएभका बासिन्दाले राजधानी छोड्न थाले

इन्भेष्टोपेपर । फागुन १२, २०७८

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्थानीय समय अनुसार ५:५५ बजे सैन्य कारबाही घोषणा गरेको केही मिनेटपछि युक्रेनमाथि हमला शुरू गरिएको विवरणहरूमा जनाइएको छ।

युक्रेनी राजधानी किएभमा आपत्कालीन साइरन बज्न थालेको छ र मानिसहरूले राजधानी छोडिरहँदा सडकमा कारहरूको ठूलो लाइन देखिएको छ। मानिसहरूले सडकमा प्रार्थना गर्दै गरेको र समूह-समूहमा बाँडिएको टेलिभिजन फूटेजहरूमा देखिन्छ।

किएभमा रहेका द गार्डिअन पत्रिकाका संवाददाता ल्युक हार्डिङले कतिपय मानिसहरू पैसा झिक्न एटीएमअगाडि लाइन बसिरहेको भन्दै ट्विटरमा पोस्ट गरेका छन्।

समाचार संस्था रोयटर्सका अनुसार युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमाथि रुसले क्षेप्यास्त्र हमला गरेको पुष्टि गरेका छन्। युक्रेनी पूर्वाधार तथा सीमा सुरक्षा बलमाथि क्षेप्यास्त्र हमला गरिएको उनले बताए।

रुसी पक्षबाट त्यस विषयमा कुनै प्रतिक्रिया आइसकेको छैन। यसअघि रुसी राष्ट्रपतिले युक्रेनमाथि कब्जा गर्ने कुनै योजना नरहेको बताएका थिए। (बीबीसीबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *