नेष्डो समृद्ध लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

इन्भेष्टोपेपर । फागुन १५, २०७८

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फागुन ११ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अर्थात फागुन १५ गते अन्तिम दिन रहेको छ ।

लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो । हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड ५० लाख पुग्नेछ ।

कम्पनीको आईपीओमा शुक्रवार बिहान १० बजेसम्म मागभन्दा २७ दशमलव ३८ गुणा बढी आवेदन परेको छ । मागभन्दा बढी आवेदन परिसकेको हुनाले कम्पनीको आईपीओ छिटो अवधिमै बन्द हुन लागेको हो ।

सिडिएस क्लियरिङका अनुसार उक्त अवधिसम्म १८ लाख १ हजार ९६१ जना आवेदकबाट २ अर्ब १२ करोड १० लाख ८१ हजार रुपैयाँ बराबरको २ करोड १२ लाख १० हजार ८१० कित्ताका शेयरको लागि आवेदन परेको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *