सिद्धार्थ बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १५ लाख सहयोग

इन्भेष्टोपेपर । फागुन २७, २०७८

काठमाडौँ । सिद्घार्थ बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई  १५ लाख  सहयोग गरेको छ । बैंकले बिहीबार बाँसबारी, काठमाण्डौ स्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई सामाजिक उत्तर दायित्व अन्र्तगत रु.१५ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो।

सो रकम बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्र मणि अधिकारीलाई हस्तान्तरण गर्नु भएको हो ।

बैंकबाट प्राप्त रकम शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले सर्जिकल वार्ड विस्तार गरी बेडहरु थपगर्नको लागि उपयोग गर्नेछ । उक्त सहयोगबाट अस्पतालका मुटुरोगी बिरामीहरुलाई केहीहदसम्म भएपनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वधार र सुरक्षा जस्ता क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तर दायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको जनाएको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *