नेशनल लाइफ इन्स्याेरेन्सका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहलाई शपथ

इन्भेष्टोपेपर । चैत्र ०३ २०७८

काठमाण्डाैँ । नेशनल लाइफ इन्स्याेरेन्सका पुर्ननिर्वाचित अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहलाई बुधवार एक कार्यक्रमको बीच बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले “बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशीका २०७५” अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो ।

कम्पनीको मिति २०७८/११/२९ मा भएको ३३ औं वार्षिक साधारण सभावाट कम्पनीको संचालक समितिको पूर्नगठन भई श्रीमती सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पूर्ननिर्वाचित हुनु भएको थियाे ।

उक्त समारोहमा बीमा समितिकf अध्यक्ष सिलवालले कम्पनीको पूर्ननिर्वाचित अध्यक्ष श्रीमती सिंहको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्नु भयो । यसैगरि श्रीमती सिंहले सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकोमा बीमा समितिको अध्यक्षलाई आफ्नो र संचालक समितिको तर्फवाट आभार एवं धन्यवाद ज्ञापन गर्नु भयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *