पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, महंगीले ढाड सेकिदैँ

इन्भेष्टोपेपर । चैत्र ०३ २०७८

काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ, जसका कारण महंगीले सर्वसाधाणकाे ढाड सेकिदैँ छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपियाँ वृद्धि गरेको हो।

यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १५ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर २०० वृद्धि भएको निगमले जनाएको छ। निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।

मूल्यवृद्धिसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५५, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १३८, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १५१ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर अमेरिकी डलर १.४९५ पुगेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *