ज्योति लाइफ इन्स्योरेन्सको जीवन बीमा सचेतना कार्यक्रम

इन्भेष्टोपेपर । चैत्र १३, २०७८

चितवन । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चितवन शाखाको आयोजनामा शनिबार बीमा सचेतना कार्यक्रम सप्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २१ को पार्बतीपुरमा सम्पन्न कार्यक्रममा ९० भन्दा बढी सर्बसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनिका चितवन हेटौडा नवलपुर क्षेत्रका एरिया सेल्स म्यानेजर इश्वर बिकल सापकोटाले सहाभागीहरुलाइ जीवन बीमाको आवश्यकता र महत्वका साथै बीमा सम्बन्धी प्रचलित कानुनी ब्यबस्था लगाएतका बारे प्रकाश पार्नुभएको थियो ।

साथै उहाँले ज्योति लाइफ इन्स्योरेन्स कम्पनिका बिमा योजनाहरु बारे समेत सहभागीहरुको जिज्ञासा मेटाउनु भएको थियो । सो अवसरमा गत फागुन महिना शाखामा सर्बोत्कृष्ट बिजिनेश गरे बापत एजेन्सी म्यानेजर मिलान तामाङ्ग ‘अन्जन’ लाई सम्मानित समेत गरिएको थियो ।

कम्पनिको चितवन शाखा प्रबन्धक मुकुन्द भुसाल र एजेन्सी म्यानेजर प्रकाश लामिछालेने कार्यक्रमलाइ सहजीकरण गरेका थिए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *