नेपाली युवा उद्यमी मञ्चको मेची महाकाली मोटर र्याली–२०२२

इन्भेष्टोपेपर । चैत्र १३, २०७८

काठमाण्डाैँ । नेपाली युवा उद्यमी मञ्च (एन.वाइ.इ.एफ.)ले पहिलो पटक मेची महाकाली मोटर र्यालीे यही २०२२ मार्च २४ देखि २८ सम्म आयोजना गरेको छ । उक्त मोटर र्यालीको नारा “आन्तरिक पर्यटनको लागि सबैसँगैˮ रहेको छ ।

यस कार्यक्रमले आपसी भाइचारा र आन्तरिक पर्यटनमा सहयोग पुग्ने उद्देश्य राखिएको छ । विभिन्न च्याप्टरहरुबाट ९० भन्दा बढी सदस्य तथा युवा उद्यमीहरु यसमा सहभागी हुनु हुनेछ ।

नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बोर्डको केन्द्रीय कार्यालयमा २४ गते विहान १०ः०० बजे झण्डा हल्लाएर मोटर ¥यालीको उद्घाटन गरी सहभागी टीमलाई बिदाई गर्नु भएको थियो ।

एन.वाइ.इ.एफ.का अध्यक्ष उदीप श्रेष्ठका अनुसार आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्न यो मोटर र्याली देशव्यापी रुपमा आयोजना गरिएको जानकारी गराउनु भएकाे थियाे ।

मोटर र्याली काठमाडौं, पोखरा, ललितपुरबाट सुरु भएर चितवनमा पुगेर जम्मा हुनेछ । त्यसैगरी विराटनगर, सुनसरी, जनकपुरबाट आएको टोली अमलेखगञ्जमा जम्मा हुनेछ र सम्बन्धित च्याप्टरहरु पनि आफूलाई पायक पर्ने स्थानबाट टिमसँग जोडिई अन्त्यमा सम्पूर्ण टिम बर्दिया पुग्नेछ र मार्च २९ मा यस मोटर र्यालीको विधिवत समापन हुनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *