प्रद्यूमन पोखरेल नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितीमा विजयी

इन्भेष्टाेपेपर ।  चैत्र २७, २०७८

काठमाण्डाैँ । मुक्तिनाथ विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत एवमं डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष प्रदयूमन पोखरेल नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितीमा व्यक्तिगत तर्फ अत्याधिक भारी मत ल्याई विजयी हुनु भएको छ ।

शनिबार राजधानीको याक एन्ड यति होटेलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा उक्त मतदानको विजेताहरुको मत संख्याका बारे जानकारी गराइएको थियो । यस विजय बाट एक बहुमुखी व्यक्तिको नेतृत्वबाट बैंकका सम्पूर्ण कर्मचारीहरुमा थप उर्जा मिल्ने मुक्तिनाथ विकास बैंकले जनाएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *