अन्नपूर्ण केवलकारका यात्रुलाई जोशी क्याफेको नयाँ वर्ष अफर

इन्भेष्टाेपेपर ।  चैत्र २९, २०७८

काठमाण्डाैँ । पोखरा सराङ्कोट स्थित अन्नपूर्ण केवलकारको माथिल्लो स्टेसनमा सञ्चालनमा रहेको जोशी क्याफेले नयाँ वर्ष २०७९ सालको सुअवसरमा चैत्र २९, ३० र नयाँ वर्ष बैशाख १ गते अन्नपूर्ण केवलकारमा यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरी विभिन्न सेवा सुविधा तथा मनोरन्जनात्मक कृयाकलाप आयोजना गर्ने भएको छ ।

जसअन्तर्गत लाइभ साँस्कृतिक कार्यक्रममा प्रज्ज्वल समूहको प्रस्तुती रहने छ । काठमाण्डौंमा रहेको जोशी क्याफेको दुई वटा आउटलेट मार्फत प्रवाह गरिरहेको सेवासुबिधाबाट उपभोक्ताहरु माझ उत्कृष्ठ छाप पार्न सफल भएकाे छ ।

यस क्याफेले आफ्नो सेवा विस्तार गर्ने क्रममा उपत्यका बाहिर पहिलो शाखा मुलुककै पर्यटकिय नगरी पोखरामा शुरू गरेकाे छ । सेवा सुरुवातको पूर्व सन्ध्यामा पोखरेलीवासीहरु र पोखरा पुग्ने पर्यटकहरुलाई यस क्याफेबाट दिईने सेवा सुविधाको विषेश अवसरको भरपूर आनन्द एवं सन्तुष्टि लिन क्याफेले अनुरोध गरेकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *