उपकार लघुवित्तको आईपीओ खरीदका लागि आवेदन दिने समयावधि थप

इन्भेष्टाेपेपर ।  चैत्र २९, २०७८

काठमाडौं । चैत २५ गतेदेखि सार्वजनिक निष्कासनमा आएको उपकार लघुवित्तको आईपीओमा आवेदन दिने समयावधि थप भएको छ । 

कम्पनीको आईपीओमा आवेदन दिने छिटो अवधि आज (मंगलवार) सम्म  रहेपनि चैत २७ गते रामनवमी पर्वको बिदा परेकाले आईपीओमा आवेदन दिने समय १ दिन थप भएको हो । 

उक्त आईपीओमा सोमवारसम्म साँझसम्म मागभन्दा ९४ दशमलव ९३ गुणा बढी आवेदन परेको छ । आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *