मेलिना राई र रमेश राईकाे स्वरमा ‘मकै पिन्नु जाँतोमा’ सार्वजनिक (भिडियोसहित)

इन्भेष्टाेपेपर ।  वैशाख ५, २०७९

काठमाडौं । गायिका मेलिना राई र गायक रमेश राई एकसाथ  ‘मकै पिन्नु जाँतोमा’ बोलको म्युजिक भिडियो साथमा आएका छन्।  

प्रेमिल शैलीको गीतमा निशा नेम्वाङको शब्द रहेको छ भने बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको संगीत रहेको छ।  यस गीतलाई राजु कार्कीले संगीत संयोजन गरेका हुन्।  

म्युजिक भिडियोमा बिना राउत, सुन्दर घलान र रमेश राईको अभिनय रहेको छ।  सनम तामाङले छायाँकन गरेको यस भिडियोमा केशब राज भट्टको कोरियोग्राफी रहेको छ।  अर्जुन खड्काको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएय्को हो।

गायक राईको युट्युव च्यानल ‘रमेश राई’ मार्फत भिडियो सार्वजनिक भएको हो।  निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *