नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन-२०७९ घोषणापत्र (पूर्ण पाठ)

इन्भेष्टाेपेपर ।  वैशाख ११, २०७९

काठमाडौ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन-२०७९ काे घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवा लगायत वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा घोषणा पत्र सार्वजनिक गर्नुभएको हो ।

नेपाली कांग्रेसले स्थानीय तह चुनावको घोषणा पत्र सार्वजनिक गर्दा सात वटा कार्य नगर्ने प्रतिबद्धता जनाएको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि आइतबार सार्वजनिक गरेको घोाणापत्रमा जनताको करबाट उठेको राजश्वलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्ने संकल्प गरिएको छ ।

सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन नगर्ने कांग्रेसको संकल्प छ । कानूनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम नगर्ने पनि कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ ।

नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त नगर्ने समेत कांग्रेसको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

निर्दिष्ट योजना र विनियोजित स्रोत सीमा बाहिर गई अपारदर्शी वा अनुत्तरदायी रुपमा हचुवाको भरमा कुनै पनि निर्णय नगर्ने, कानून, आर्थिक तथा वित्तीय उत्तरदायित्व तथा अनुशासन उल्लंघन नगर्ने, महिला हिंसा, जातीय विभेदलाई प्राेत्साहन नगर्ने पनि कांग्रेसको संकल्प छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *