नेपालकाे आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने आईएमएफकाे प्रक्षेपण

इन्भेष्टाेपेपर ।  वैशाख १४, २०७९

काठमाडौँ ।  नेपालले ४.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले प्रक्षेपण गरेको छ । एसिया तथा प्रशान्त क्षेत्रका मुलुकको आर्थिक प्रक्षेपण सार्वजनिक गर्दै आईएमएफले सन् २०२२ मा नेपालले सोबराबरको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सार्वजनिक गरेको हो । 

आईएमएफका अनुसार सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ६.१ प्रतिशत पुग्ने अनुमान छ । सन् २०२१ म भने नेपालले २.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको आईएमएफले जनाएको छ । 

आईएमएफको प्रक्षेपणअनुसार छिमेकी मुलुक भारतले यस वर्ष ८.२ प्रतिशतको वृद्धिदर हासिल गर्नेछ । यो एसिया तथा प्रशान्त क्षेत्रका मुलुकमध्ये सबैभन्दा उच्च हो । 

त्यस्तै, चीनको वृद्धिदर भने गत वर्षको ८.१ प्रतिशतबाट घटेर ४.४ प्रतिशत पुग्ने प्रक्षेपण छ । दक्षिण एसियाली मुलुक बङ्गलादेश र श्रीलङ्काले यस वर्ष क्रमशः ६.४ र २.६ प्रतिशत वृद्धिदर हासिल गर्ने पनि आईएमएफको प्रक्षेपण छ । 

नेपालीका मुख्य श्रम गन्तव्य मलेसियाको आर्थिक वृद्धिदरमा पनि सुधार आएर सन् २०२२ मा ५.६ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । समग्रमा एसिया तथा प्रशान्त क्षेत्रका मुलुकको औसत वृद्धिदर सन् २०२२ मा ४.७ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण छ । अघिल्लो वर्ष यस्तो औसत आर्थिक वृद्धिदर ४.२ प्रतिशतमात्र थियो । त्यस्तै, आगामी वर्ष अर्थात् सन् २०२३ मा औसत वृद्धिदर ५.४ प्रतिशत पुग्ने प्रक्षेपण छ । (गाेरखापत्रबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *