मतपत्र ढुवानी हुन शुरु, असी प्रतिशत मतपत्र छापियाे
इन्भेष्टाेपेपर । वैशाख १४, २०७९
काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन—२०७९ का लागि छपाई भएका मतपत्र जिल्ला जिल्लामा पठाउान थालेको छ ।
भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट लोड भइ मंगलवार कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका ३ गरी १३ जिल्लामा मतपत्र पठाइएको छ । आज काठमाडौँबाट लामो दूरीमा पर्ने पूर्व र पश्चिमका गरी नौ जिल्लामा मतपत्र पठाइनेछ । वैशाख १२
गतेसम्म १ करोड ५४ लाख ८३ हजार (८० प्रशित) मतपत्र छपाइको कार्य सम्पन्न भइसकेको छ । निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ ।
निर्वाचन सामग्री पुग्न बाँकी डोल्पाको दुनै र हुम्लाको सिमीकोटमा नेपाली सेनाको हेलिकोप्टरबाट मंगलवार नै सामग्री पठाइएको छ ।
