मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई डेन्टल प्रो एण्ड इम्प्लान्ट क्लिनिकमा विशेष छुट
इन्भेष्टाेपेपर । वैशाख १७, २०७९
काठमाण्डाैँ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको बालाजु स्थित डेन्टल प्रो एण्ड इम्प्लान्ट क्लिनिकसँग विभिन्न सेवाहरुमा विशेष २० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बालाजुमा रहेको डेन्टल प्रो एण्ड इम्प्लान्ट क्लिनिकमा विभिन्न सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम मेसिन प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
