९३ प्रतिशत मतपत्र छपाई सकियो, ४३ जिल्लामा ढुवानी

इन्भेष्टाेपेपर ।  वैशाख १७, २०७९

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि हालसम्म ४३ जिल्लाका लागि ७५ लाख ७३ हजार मतपत्र ढुवानी गरिएको छ ।

काठमाडौँबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लाहरूमा मतपत्र पुगिसकेको छ भने अन्य जिल्लाहरुमा पुग्ने क्रम जारी रहेको छ । मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छ ।

निर्वाचन आयोगले यही वैशाख १३ गतेबाट मतपत्र ढुवानी शुरु गरेको थियो । हालसम्म छ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको छ ।  (श्राेतः निर्वाचन आयाेग)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *