मुक्तिनाथ विकास बैंकको सिइओमा पुन: प्रद्युमन पोखरेल नियुक्त

 इन्भेष्टाेपेपर ।  वैशाख २२, २०७९

काठमाण्डाैँ । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः प्रद्युमन पोखरेल नियुक्त हुनुभएकाे छन ।

मंगलबार बसेको बैंकका सञ्चालक समितिको बैठकले उहाँलाई दोस्रो कार्यकालकालागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको हो । उहाँ यस अघि २०७५ जेठ १ गतेबाट बैंकको सिइओको जिम्मेवारीमा हुनुहुन्थ्याे र उहाँको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागु हुनेछ ।

विगत तीन दशकभन्दा धेरै बैंकिङ्गको क्षेत्रमा अनुभव रहेको पोखरेलले नबिल बैंक, मेगा बैंक नेपालमा उच्च स्थानको नेतृत्वमा विभिन्न जिम्मेवारी सम्हाल्नुभएकाे थियाे। २०७३ मंसिर १९ गतेदेखि मुक्तिनाथ विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गरेका थिए । हाल प्रद्युमन पोखरेल डेभलपमेन्ट बैंकरर्स असोसिएसन नेपालकाे अध्यक्ष तथा नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितीमा समेत हुनुहुन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *