स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग सक्षम : राष्ट्रपति भण्डारी

इन्भेष्टाेपेपर ।  वैशाख २२, २०७९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा निर्वाचन आयोगका पदाधिकारीहरूलाई भेटी आसन्न वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचनबारेमा चासो राख्नुभएको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्तसहितको टोलीसँग आज शीतल निवासमा भएको भेटमा उहाँले सो चासो राख्नुभएको हो । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले २०७८ माघ २५ गते देखि निर्वाचन कार्यतालिका स्वीकृत गरी सोही बमोजिम निर्वाचनको आरम्भ गरी हाल निर्वाचनको तयारीको कार्य अन्तिम चरणमा पुगेको व्यहोरा जानकारी गराउनुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले आयोगको तयारी सन्तोषजनक रहेको र स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग सक्षम रहेको विश्वास व्यक्त गर्नुभयो । निर्वाचन सुरक्षा प्रबन्धमा विशेष संवेदनशील हुन तथा मतदाताहरूले आपूmले रोजेको उम्मेदवारलाई निष्पक्ष र निर्वाधरूपमा मतदान गर्न पाउने मतदाताको हक अधिकारलाई सबै क्षेत्रबाट सम्मान गर्ने उपयुक्त वातावरण बनाउन आयोग चनाखो रहनु पर्ने उहाँले सुझाव दिनुभयो ।

आवधिक निर्वाचन सम्पन्न गर्ने आयोगको संवैधानिक कार्य भएको हुँदा आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न आयोग सदैब क्रियाशील रहनुपर्ने राष्ट्रपति भण्डारीले सुझाव दिनुभयो । निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूलाई जसरी पनि निर्वाचन जित्न पाए हुन्थ्यो भन्ने भावना भएपनि आयोगले स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा मत संकलन गरेर निष्पक्षताको प्रत्याभूतिसहित निर्वाचन सम्पन्न गर्ने र मतपरिणाम प्रकाशित गर्ने कुरामा विशेष ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभयो ।

भेटका क्रममा आयोगका प्रमुख आयुक्तलगायत आयुक्तहरु इश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर र सगुन सम्शेर ज.ब.रा.को उपस्थिति थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *