बजेट व्यवस्था प्रति नेपाल सेनेटरी प्याड उत्पादक संघ असन्तुष्ट
इन्भेष्टाेपेपर । जेठ १८, २०७९
काठमाण्डाैँँ । आर्थिक वर्ष २०७९/८० काे बजेट व्यवस्था प्रति नेपाल सेनेटरी प्याड उत्पादक संघले असन्तुष्टी जनाएकाे छ । बजेट भाषणमा आयातीत सेनेटरी प्याडमा ९०% भन्सार महशुल छुटको घोषणा गरीएको तथा कच्चा पदार्थमा १% भन्सार महशुलको घोषणा गरीएकोे हुँदा स्वदेशी उद्याेग डुब्ने भनेर असन्तुष्टी जनाएकाे हाे ।
रिपाेर्टर क्लवमा आयाेजित कार्यक्रममा देश आज सेनेटरी प्याडको उत्पादनमा आत्मनिर्भर भई सकेको, यहाँ ठूला साना गरी ३५–४० उद्योगहरुमा ६ अर्वको लगानी भैसकेकाे छ । यी उद्याेगहरूकाे वार्षिक ९० करोड थान सेनेटरी प्याड उत्पादन क्षमता रहेकाे र ६ हजार जनाको रोजगारी सृजना गरेकाे छ । हालको नेपाली बजारको माग भने ३० करोड थान मात्रै रहेको जानकारी गराइयाे ।
नेपालमा भएका विभिन्न उद्योगहरुबाट उत्पादीत हुने सेनेटरी प्याडको गुणस्तर विश्वस्तरीय रहेको र यहाँका उत्पादनहरुले नेपाल गणस्तर चिन्ह पनि प्राप्त गरिसकेका छन । नेपाली उत्पादनहरुको मुल्य किफायति हुनका साथै बिदेशी उत्पादन भन्दा निकै सस्तो र गुणस्तरयुक्त रहेको छ ।
आयातीत उत्पादनहरुको गुणस्तरको चेक जाँच भने कुनै निकायले गर्दैन तर हालैे भएको बजेट भाषणमा आयातीत सेनेटरी प्याडमा ९०% भन्सार महशुल छुटको घोषणा गरीएको छ । हालको १५% रहेको भन्सार महशुल अव १.५% मात्र लागु हुनेछ जवकी कच्चा पदार्थमा १% भन्सार महशुलको घोषणा गरीएकोे छ तर केही कच्चा पदार्थ तथा प्याकेजिङ मटेरीयलमा लाग्ने ५% अन्त शुल्क वारे कुनै घोषणा गरीएको छैन ।
यसो हुँदा तयारी वस्तु भन्दा कच्चा पदार्थमा बढी कर तिर्नु पर्छ जवकी कच्चा पदार्थ तथा तयारी वस्तुको भन्सार महशुल कम्तिमा दुई तहको फरक हुनुपर्ने हो । यो कदमले स्वदेशी उद्योगहरु अप्रतिस्पर्धि भई बन्द हुनेछन र रु. १.५ अर्वको हालको आयात अत्याधिक बढेर ५ वर्षमा वार्षिक रु. ७.५ अर्व पुग्ने र व्यापार घाटा बढने समेत जानकारी गराइयाे ।
महिनावारी व्यवस्थापनमा प्रयोग हुने सेनेटरी प्याडमा कर माफीको महिलाहरुको माग सम्बोधन गर्न आयातीत उत्पादनलाई प्रोत्साहन दिई स्वदेशी उद्योग धारासायी हुने यो नीति गलत भएको हाम्रो ठहर संघकाे छ । बहुराष्ट्रीय कम्पनिका बहु चर्चित ब्राण्डका आयातीत सेनेटरी प्याड सँग नेपाली ब्राण्डलाई प्रतिस्पर्धा गर्न गाह्रो अवस्थामा सरकारको यस नीतिले नेपाली उद्योगहरुलाई चुर्लुम्म डुब्ने वनाएको छ । देशलाई आत्मनिर्भर वनाउदै जाने सपनामा ठुलो वज्रपात भएकोछ । आयात प्रतिस्थापन गर्ने उधेश्यले स्थापित सेनेटरी प्याड जस्तो अत्यावश्यक उद्योगलाई संरक्षण गर्नका निम्ति संघले आह्वान गरेकाे छ ।
