एउटा इन्जिन भएको हेलिकप्टरमा पनि दुई जना पाइलट अनिवार्य

इन्भेष्टाेपेपर ।  जेठ १८, २०७९

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । 

एउटा मात्रै इन्जिन भएको हेलिकप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेश गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जीनियर प्रदीपकुमार अधिकारीले जानकारी दिनुभयाे ।

पाइलट बेहोस हुने तथा अरु स्वास्थ्य समस्याका कारण हुनसक्ने दुर्घटनालाई मध्यनजर गरेर दुई पाइलटको व्यवस्था अनिर्वाय गर्न लागिएको उहाँले बताउनुभयाे । 

अहिले नेपालमा दुईओटा इन्जिन भएका हेलिकप्टर र हवाईजहाजमा मात्रै दुई पाइलट अनिवार्य हुनुपर्ने व्यवस्था छ । रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *