शेयर बजार : आज नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

इन्भेष्टाेपेपर ।  मंसिर २१, २०७९

काठमाडौँ । धितोपत्र कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको बाजार १६ दशमलव ६१ अङ्कले घटेर एक हजार नौ सय १७ दशमलव २८ कायम भएको छ ।

आज दुई सय ४६ वटा कम्पनीको ८० लाख ९२ हजार सात सय १९ कित्ता शेयर रु एक अर्ब ६५ करोड ४६ लाख ६२ हजार पाँच सय ५० मा कारोबार भएको छ । आजको कारोबारमा ३७ कम्पनीका शेयर मूल्य बढेका छन् भने एक सय ५९ कम्पनीका शेयर मूल्य घटेका छन् ।

आज भएको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक मात्रै बढेको छ भने अन्य सबै समूहका उपसूचक घटेका छन् । होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ३४ अङ्कले बढेको छ भने बैंकिङ समूह १७ दशमलव ४२, विकास बैंक समूह ३० दशमलव ८०, वित्त समूह १९ दशमलव ९९,जलविद्युत् समूह १२ दशमलव ३४ अङ्कले घटेको छ ।

त्यस्तै व्यापार समूह शून्य दशमलव १७, जीवन बीमा समूह ८३ दशमलव ६४, उत्पादन समूहको उपसूचक ५५ दशमलव ४९, लघुवित्त समूह नौ दशमलव ८७, म्युचुअल फन्ड शून्य दशमलव ०३, निर्जीवन बीमा समूहको उपसूचक ३६ दशमलव ६०, अन्य समूह १० दशमलव ०६ तथा लगानी समूह १८ दशमलव २७ अङ्कले घटेको छ ।

आजको बजारमा सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता छ दशमलव ०९ प्रतिशतले बढेको छ भने नाडेप लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य प्रतिकित्ता नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।

कारोबारका आधारमा आज सबैभन्दा धेरै सानिमा बैंकको संस्थापक शेयर रु ६७ करोड दुई लाख ९३ हजार बराबरको ५१ लाख कित्ता शेयर किनबेच भएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *